समाचार

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

२०८१ चैत २८ गते १५:५१

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...

राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छः अर्थमन्त्री पौडेल

२०८१ चैत २८ गते १५:४६

काठमाण्डू, २९ चैत– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन । आज (शुक्रबार) बुटवलमा एमालेले गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने उनले बताएका...

तीनकुने घटनाबारे गृहमन्त्रीः संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास

२०८१ चैत २८ गते १५:२१

काठमाण्डू, २९ चैत– गृहमन्त्री रमेश लेखकले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो ब्याख्या...

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

२०८१ चैत २८ गते १५:१५

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई केहीबेर अघि मात्रै अदालत लगिएको छ । प्रहरीले कम्तीमा १२ दिन हिरासतमा...

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता

२०८१ चैत २८ गते १५:१०

काठमाण्डू, २९ चैत– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । शुक्रबार रवि पत्नी निकिता पौडेल...

प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी

२०८१ चैत २८ गते १५:००

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरीएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो...

प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

२०८१ चैत २८ गते १४:२८

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । हिजो बिहिबार भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाण्डू ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको...

सूर्य थापालाई धम्कीपूर्ण ‘एसएमएस’ पठाउने २९ वर्षीय युवक पक्राउ

२०८१ चैत २८ गते १३:४६

काठमाण्डू, २९ चैत– प्रहरीले एमाले नेता सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्त रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए ।...

तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः राप्रपा

२०८१ चैत २८ गते १३:३५

काठमाण्डू, २९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले यस्तो बताएका हुन । नेता...

दुर्गा प्रसाईंलाई काठमाण्डू ल्याइयो

२०८१ चैत २८ गते १३:२५

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज (शुक्रबार) ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाण्डू ल्याइएको हो । उनलाई काठमाण्डू जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरी...

‘काठमाण्डूमा छु’ भन्दै दुर्गा प्रसाईंले भिडियो खिचेको मन्दिर आसाममा भेटियो

२०८१ चैत २८ गते १३:१४

काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेको फेला परेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर...

 दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

२०८१ चैत २८ गते १२:०४

काठमाण्डू, २९ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका जनकमाण्डर रहेका दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us