समाचार

केपी ओलीको राजीनामा माग्नेहरु अपराधी हुनः महेश बस्नेत

२०८३ जेठ ९ गते २२:१८

काठमाण्डू, ९ जेठ- एमाले सचिव महेश बस्नेत अध्यक्ष केपी ओलीको राजीनामा माग्ने नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकमा बस्नेत ओलीको बचाउमा उभिएका हुन् । उनले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्नेमा उल्टै राजीनामा मागिएको भन्दै आपत्ति जनाए...

ओलीलाई योगेशले भनेःतपाईंको नेतृत्वमा पार्टी चल्न सक्दैन, राजीनामा दिनुस्

२०८३ जेठ ९ गते २२:०२

काठमाण्डू, ९ जेठ- एमाले उपमहासचिव योगेशकुमार भट्टराईले पनि अध्यक्ष केपी ओलीको राजीनामा मागेका छन् । ओली निवास गुण्डुमा शनिबार बसेको पार्टी सचिवालय बैठकमा भट्टराईले ओलीको राजीनामा मागेका हुन् । ओलीको नेतृत्वमा अब पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । ‘पार्टी यो अवस्थामा आइपुग्नुमा...

जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन, सुरक्षा कडा

२०८३ जेठ ९ गते १८:२१

नेपालगञ्ज – नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । पछिल्लो समय लागुऔषध ओसारपसारलगायत अवैध गतिविधि बढ्दै गएपछि सीमा सुरक्षालाई थप कडा बनाउन कुकुर परिचालन गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका अनुसार नाकामा दुई...

तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

२०८३ जेठ ९ गते १८:१८

नेपालगञ्ज – बाँकेसहित तराईका जिल्लामा बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तीव्र घाम र तातो हावाका कारण दिउँसोपख सडकहरू सुनसान देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस, लस्सी तथा चिसा पेय पदार्थ बिक्री हुने स्थानहरूमा सेवाग्राहीको भीड बढेको छ । जल...

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

२०८३ जेठ ९ गते १८:१५

गोरखा – यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर ज्यान गएको हो । दाजुभाइसँग यार्सागुम्बा टिप्न गएका उनी बुद्ध हिमालको फेदबाट फर्कने क्रममा गत बुधबार दुर्घटनामा परेका थिए ।...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८३ जेठ ९ गते १७:५६

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई घुम्तीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक...

गगन थापालाई केदार कार्कीको जवाफ: लोकतन्त्रका लागि बलिदान गर्नेहरूलाई तर्साउन बन्द गर

२०८३ जेठ ९ गते १७:४५

काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रका लागि बलिदान गर्ने नेता–कार्यकर्तालाई तर्साउने प्रवृत्ति बन्द गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमार्फत पार्टीभित्र त्रास र दबाबको वातावरण सिर्जना गरिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन् । ‘पार्टीमा समावेश हुने...

मदन भण्डारीका विचारलाई समयअनुकूल विकास गर्नुपर्छ : विद्यादेवी भण्डारी

२०८३ जेठ ९ गते १७:३७

काठमाडौं, ९ जेठ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारलाई समयअनुकूल रूपमा थप विकास गर्दै व्यवहारमा लागू गर्नुपर्ने बताएकी छन् । शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले वर्तमान नेपाली राजनीतिमा मदन भण्डारीका विचार अझै सान्दर्भिक र आवश्यक...

घरघरमै पुग्न थाल्यो राहदानी

२०८३ जेठ ९ गते १४:४४

नेपालगञ्ज,९ जेठ-बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने...

रास्वपा बाराको बैठकमा हानाहान, सांसदहरुलाई सुरक्षित बाहिर निकालियो

२०८३ जेठ ९ गते १४:२५

बारा, ९ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको बैठकमा हात हालाहाल भएको छ । शनिबार कलैयास्थित एक पार्टी प्यालेसमा रास्वपाको बारा जिल्ला कमिटीको विस्तारित बैठक बसेको थियो । झडपपछि बैठकमा सहभागी सांसदहरु गणेश धिमाल, रहबर अन्सारी, चन्दन सिंह र अरविन्द साहलाई सुरिक्षत रुपमा बाहिर...

अष्टक्ष्मीले पनि मागिन् ओलीको राजीनामा, पार्टीलाई पेवा नठान्न चेतावनी

२०८३ जेठ ९ गते १३:५७

काठमाण्डू, ९ जेठ– एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । ओली निवास गुण्डुमा एमाले सचिवालयमा बैठक जारी रहेका बेला सामाजिक सञ्जालमार्फत शाक्यले ओलीको राजीनामा मागेकी हुन् । शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी...

डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा

२०८३ जेठ ९ गते १३:३५

डोल्पा, ९ जेठ– नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us