काठमाण्डू, ९ जेठ- एमाले सचिव महेश बस्नेत अध्यक्ष केपी ओलीको राजीनामा माग्ने नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकमा बस्नेत ओलीको बचाउमा उभिएका हुन् ।
उनले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्नेमा उल्टै राजीनामा मागिएको भन्दै आपत्ति जनाए । ओलीको राजीनामा माग्नेहरु अपराधी भएको आरोप लगाए । ‘संकटको समयमा नेतृत्व हटाउन खोज्ने र राजीनामा माग्नेहरु राजनीतिक मान्छे हुन सक्दैनन्’, बस्नेतले भने, ‘उनीहरु अपराधी हुन् ।’
बस्नेतले पनि २३ र २४ भदौको घटना ओलीका कारण नभई विदेशी डिजाइनमा भएको दाबी गरे ।
उपाध्यक्ष रामबहादुर थापाकै शैलीमा बस्नेतले पनि बारबरा फाण्डेशन, टिओबी ग्रुप, बालेन्द्र शाह र रवि लामिछानेलगायतको योजनामा तोडफोड, आगजनी र लुटपाटका घटना भएको आरोप लगाए । बस्नेतले नेपाली सेनाले संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन शीतलनिवास र सर्वोच्च अदालतमा भएको आगजनी रोक्नुको साटो आन्दोलनकारीलाई सहयोग गरेको आरोप बस्नेतको थियो ।
सचिवालय बैठकमा शुक्रबार उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी पन्तले पनि पार्टी र आन्दोलन बचाउने भए ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखेका थिए ।
शनिबारको बैठकमा उपमहासचिव गोगेशकुमार भट्टराईले ओलीको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै तत्काले उनले राजीनामा दिनुपर्ने माग राखे । महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायतले पनि घुमाउरो शैलीमा ओलीले नेतृत्व छाड्नुपर्ने बताए ।
अर्का सचिव लेखराज भट्टले ६० वर्ष नाघेका सबै नेताले कार्यकारी जिम्मेवारी छाड्नुपर्ने प्रस्ताव राखे ।