यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ९ गते १८:१५ मा प्रकाशित

गोरखा – यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर ज्यान गएको हो ।
दाजुभाइसँग यार्सागुम्बा टिप्न गएका उनी बुद्ध हिमालको फेदबाट फर्कने क्रममा गत बुधबार दुर्घटनामा परेका थिए ।

वडासदस्य विकास गुरुङका अनुसार उनीहरू चार दाजुभाइ यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । प्रकाश समूहभन्दा अगाडि हिँडिरहेका बेला भीरबाट लडेको बताइएको छ ।

साँझसम्म बासस्थानमा नफर्किएपछि खोजी गर्दा राति ग्ल्यासियर क्षेत्रमा उनको शव फेला परेको वडासदस्य गुरुङले जानकारी दिए ।

शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us