ओलीलाई योगेशले भनेःतपाईंको नेतृत्वमा पार्टी चल्न सक्दैन, राजीनामा दिनुस्

काठमाण्डु टुडे २०८३ जेठ ९ गते २२:०२ मा प्रकाशित

काठमाण्डू, ९ जेठ- एमाले उपमहासचिव योगेशकुमार भट्टराईले पनि अध्यक्ष केपी ओलीको राजीनामा मागेका छन् ।

ओली निवास गुण्डुमा शनिबार बसेको पार्टी सचिवालय बैठकमा भट्टराईले ओलीको राजीनामा मागेका हुन् । ओलीको नेतृत्वमा अब पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।

‘पार्टी यो अवस्थामा आइपुग्नुमा तपाईंको ठूलो भूमिका छ’, भट्टराईले ओलीलाई भने, ‘तपाईंको नेतृत्वमा अब पार्टी चल्न सक्दैन, राजीनामा दिनुस् ।’

यसअघि शुक्रबारको सचिवालय बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पुथ्बीसुब्बा गुरुङ, गोकर्णराज विष्ट र रघुजी पन्तले पनि पार्टी र आन्दोलन बचाउने भए ओलीले मार्ग प्रसस्त गर्नुपर्ने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us