समाचार

डोल्पाको छार्का ताङसोङमा फोरजी सेवा

२०८३ जेठ ९ गते १३:३५

डोल्पा, ९ जेठ– नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी...

गोंगबुको गेष्ट हाउसबाट ४५ राउण्ड गोली र एसएलआरको म्याग्जिनसहित दुई पक्राउ

२०८३ जेठ ९ गते १२:२५

काठमाण्डू, ९ जेठ– प्रहरीले काठमाण्डूबाट गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका २७ वर्षीय खगेन्द्र शर्मा र नरेफाँट बस्ने २२ वर्षीय शंकर गुप्ता छन् । उनीहरुलाई टोखा नगरपालिका–९ गोंगबु शिवमन्दिरस्थित काबेली गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी...

जब सशस्त्र प्रहरी चढेको ढुंगा नारायणीमा पल्टियो…

२०८३ जेठ ९ गते १२:२०

चितवन, ९ जेठ– चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा जब यो...

तालिमका क्रममा बेहोस भएका सशस्त्र ६ जवानको होस् खुल्यो, अस्पताल पुगे पूर्वगृहमन्त्री गुरुङ

२०८३ जेठ ९ गते १२:०९

काठमाण्डू, ९ जेठ– कैलालीमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानका ६ जवानको होस खुलेको छ । शुक्रबार बिहान तालिमका क्रममा ८ जना बेहोस भएकामा ६ जनालाई एयर एम्बुलेन्समार्फत उपचारका लागि सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । उनीहरु सबै शुक्रबार राति होसमा आएको सशस्त्र...

पाँचथरमा बाढीपहिरोले ठूलो भौतिक क्षति

२०८३ जेठ ९ गते ११:४९

पाँचथर, ९ जेठ– पाँचथरको याङ्वरक गाउँपालिकामा शनिबार बिहानको रातीको पहिरोले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी अनिश कर्णले अहिलेसम्म मानवीय क्षति भने नभएको जानकारी दिएका छन् । उनका अनुसार पहिरोका कारण याङ्वरक(१ निवासी महमलाल खवासको घर र गोठ, कविराज...

देउवा पक्षलाई धन्यवाद दिएर पार्टीबाट बिदा गर्ने गगनको चेतावनी

२०८३ जेठ ९ गते ११:४२

विराटनगर, ९ जेठ– काँग्रेस सभापति गगनकुमार थापाले विधान नमन्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । विराटनगरस्थित कोइराला निवास पुगेर थापाले पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको असन्तुष्ट खेमालाई लक्षित गर्दै विधानको व्यवस्था सबैले मान्नुपर्ने बताए । जेनजी आन्दोलनका त्रममा ऐतिहासिक कोइराला निवासमा पनि...

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

२०८३ जेठ ९ गते ११:२५

  काठमाडौं, ९ जेठ- इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ । इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम...

पृथ्बीसुब्बाको ओलीलाई प्रश्नः एमाले तपाईंको प्राइभेट कम्पनी हो र ?

२०८३ जेठ ८ गते २२:४३

काठमाण्डू, ८ जेठ- एमाले सचिवालय अध्यक्ष केपी ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच भनाभन भएको छ । ओलीनिवास गुण्डुमा शुक्रबार बसेको बैठकमा ओलीले नेताहरुबाट संकटमा पर्दा पार्टी नेतृत्वको बचाउ नगरेको अभिव्यक्ति दिएपछि गुरूङले प्रतिवाद गरेका हुन् । उनले ओलीलाई एमाले तपाईंको प्राइभेट कम्पनी हो र...

एमाले बैठकमा ४ उपाध्यक्षले मागे ओलीको राजीनामा

२०८३ जेठ ८ गते २२:३०

काठमाण्डू, ८ जेठ- एमाले सचिवालय बैठकमा नेताहरुले अध्यक्ष केपी ओलीको राजीनामा मागेका छन् । सोमबार ओलीनिवास गुण्डुमा बसेको बैठकमा उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् । ओलीको नेतृत्वमा अब पार्टी अगाडि नसक्ने उनीहरुको भनाइ थियो ।...

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

२०८३ जेठ ८ गते १८:२५

काठमाण्डू, ८ जेठ– मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन । उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ । गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । यस अघि गत जेठ...

कास्की अदालतमा रवि, जिबी र छविविरुद्ध सहकारी ठगीको मुद्दा यथावत्

२०८३ जेठ ८ गते १८:२२

काठमाण्डू, ८ जेठ– जिल्ला अदालत कास्कीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने सरकारी पक्षको निवेदन स्वीकृत गरेको छ ।...

एमाले सचिवालयः ५ उपाध्यक्षले राखे आफ्ना कुरा, भोलि फेरि बस्ने

२०८३ जेठ ८ गते १८:१०

काठमाण्डू, ८ जेठ– आज (शुक्रबार) गुन्डुमा बसेको एमालेको सचिवालय बैठक सकिएको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us