काठमाण्डू, ८ जेठ– आज (शुक्रबार) गुन्डुमा बसेको एमालेको सचिवालय बैठक सकिएको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।
आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन । उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन् ।
भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा पुनस् सचिवालय बैठक बस्ने पनि भट्टले जानकारी दिएका छन । उनले भने, ‘कार्यविभाजनको विषयमा आज प्रवेश भएन ।
केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौं भन्नुभएको छ, ‘भोलि साढे ११ बजे फेरि बैठक सुरु हुन्छ । भोलि १२ जना बाँकी छौं ।’