काठमाण्डू, ९ जेठ– कैलालीमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानका ६ जवानको होस खुलेको छ ।
शुक्रबार बिहान तालिमका क्रममा ८ जना बेहोस भएकामा ६ जनालाई एयर एम्बुलेन्समार्फत उपचारका लागि सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो ।
उनीहरु सबै शुक्रबार राति होसमा आएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम लिइरहेका ७ जना जवान बेहोस भएका थिए ।
अत्याधिक गर्मीमा तालिम गरेका कारण उनीहरु अचेत भएका सशस्त्र प्रहरी अस्पताले जनाएको छ ।
यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङले अस्पताल गएर उनीहरुलाई भेटेका छन् ।
गुरुङसँगै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त कँडेल पनि अस्पताल पुगेका थिए ।