काठमाण्डू, १० जेठ– रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुई जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो रहेको प्रहरीले जनाएको छ ।
९ जेठमा घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिएका छन । नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी राईले जानकारी दिएका छन ।
सँगै गएका अरू ३ जना सकुशल फर्किएका छन् । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूको शव नदीबाट निकालेर पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।