एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८३ जेठ १० गते १२:४३ मा प्रकाशित

काठमाण्डू, १० जेठ– एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ ।

शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने बताइएको छ ।

यसअघि बोल्ने अधिकांशले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us