काठमाण्डू, १२ जेठ– मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिएका छन ।
अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । प्रसाईँलाई केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट प्रहरीले पक्राउ गरेको छ ।