विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले भने ‘तमासा’

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेलले ‘तमासा‘ संज्ञा दिएका छन । संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई उनले आरोप लगाएपछि बैठक केहीबेर स्थगित भएको छ ।

विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थिए । कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका सांसद खरेलले सुरूमै विपक्षीहरूलाई आरोप लगाउन थालेपछि फ्लोरमा उनीविरुद्ध विरोध गरिरहेका सांसदहरु झन् आक्रोशित भएका थिए । कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए ।

त्यसक्रममा कांग्रेस प्रमुख सचेत वासना थापाले थुम्थुम्याएर पछाडि हटाएकी थिइन् । यसअघि सभामुखले नै संसद्मा अर्यादित शब्द प्रयोग गर्न भन्दै पटक पटक रुलिङ गरेका थिए । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली देखि एमाले संसदीय दलका नेता रामबहादुर थापा समेतको बोली यसअघि संसदीय रेकर्डबाट हटाइएको थियो ।‘

मलाइ आज गहिरोसँग महसुस भयो । आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्यो भनेर महसुस भइरहेको छ मलाई’ उनले भने, ‘संसद् यसैगरी चलेर विगत वर्षदेखि हामीले, २०७२ सालमा संविधान बनेदेखि जति ऐन बनाउनुपर्ने थियो त्यति किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ ।’

विपक्षीहरूतर्फ चोर औंला देखाउँदै उनले विपक्षी दलका सांसदहरूको तमासाको संज्ञा दिएका हुन् । उनले थपे, ‘संसदीय तामासा हामीले जुन देखाइरहेका छौं । सँधै सकारात्मक मात्रै हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us