प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– आज (मंगलबार) जारी प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् ।

संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध जारी राखेका छन । त्यही विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका थिए । जसमा पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सोही प्रस्तावमा रास्वपाका केही संसद छलफलमा सहभागी पनि भएका थिए ।

त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेका लागि स्थगित भएको सूचना दिएका हुन्र ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us