‘प्रधानमन्त्रीज्यू सय दिनमा फोकस हुनुहुन्छ, तत्काल विदेश जाने योजना छैन’: सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १७:३३ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह तत्काल विदेश भ्रमणमा जाने योजना नरहेको सरकारका बताएका छन् ।

हाल सय दिनको काममा केन्द्रीत भएकाले तत्काल भारत वा अन्य कुनै देश जाने योजना नरहेको उनले जानकारी दिएका छन ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे राखेको जिज्ञासामा उनले भने, ‘प्रधानमन्त्रीज्युको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानुभएको होइन, अहिले विदेश कहि पनि गइरहनुभएको छैन ।

पहिलो सय दिनको व्यस्तता धेरै छ। सुरुमा काममा हामी अलिकति बढी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले (भारत) जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us