आरेन राईको प्रश्नः जिबी राई कहिले पक्राउ पर्छन् ?

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिबी राई कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न उठेको छ ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यी लगायतका प्रश्न गरेका हुन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ?

सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार ?’

सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर राज्यले तिरिदिने विषय के हो भनेर पनि सोधे । किसानको समस्या समाधान व्यवहारमै गर्न उनले आग्रह गरे । सडक आयोजनाहरूको अवस्था ख्याल गर्न सुझाए समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us