जेनजी आन्दोलनका ७५० जना घाइतेले पाए जेनजी कार्ड

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनका क्रममा घाइते भएका ७५० जना घाइतेले जेनजी कार्ड पाएका छन । बाँकीलाई पनि कार्ड दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले अनुरोध गरेकी छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ६२३ जना घाइतेमध्ये ७५० जनाले मात्रै जेनजी कार्ड पाएको बताएकी हुन् ।

बाँकीलाई पनि कार्ड उपलब्ध गराउन उनको माग छ । परिवर्तनका लागि लडेकाहरू उपचारबाट समेत वन्चित हुने अवस्था उचित नरहेको उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us