काठमाण्डू, १२ जेठ– एमालेकी सांसद एशुदा कुमारी बरालले प्रधनमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेकी छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बरालले यस्तो माग गरेकी हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘नेपाली जनताको माग छ ।
प्रधानमन्त्री सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनुभयो भनेर भनिदिनु भन्नुभएको छ, उहाँ (प्रधानमन्त्री)लाई उपस्थित गराउनुहुन र हाजिर गराउनुहुन अनुरोध गर्दछु ।’ प्रधानमन्त्री बालेनले हालसम्म संसद्लाई सम्बोधन गरेका छैनन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री खोजेका थिए । तर उपस्थित भएनन् । संसद्मा हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन हुन सकेको छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
‘