काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश जारी गरेको हो ।
गत वैशाख १८ गतेको अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा हेर्नुपर्ने व्यवस्था भए पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
सोही पुर्जीका आधारमा पक्राउ नगर्न–नगराउन सर्वोच्चले आदेश दिएको हो।