समाचार

घोडेपानीमा भारी हिमपात

२०८१ पुष २३ गते २०:२३

म्याग्दी, २३ पुस–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो...

एमाले नछाडेको लेखराज भट्टको प्रष्टीकरण

२०८१ पुष २३ गते २०:१९

काठमाण्डू, २३ पुस– एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आफूले पार्टी नछाडेको बताएका छन् । भट्टले सामाजिक सञजलमार्फत आफू एमालेमै रहेको बताएका हुन् । सामाजिक सञ्जालमा भट्टले एमाले छाडेको चर्चा चलेपछि उनको प्रष्टीकरण आएको हो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न...

तत्काल संसद अधिवेशन बोलाउन माओवादीको माग

२०८१ पुष २३ गते २०:०५

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको हिउँदे अधिवेशन बोलाउन तत्काल माग गरेको छ । मंगलबार सकिएको माओवादी केन्द्रीय समिति बैठकले तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गरेको हो । ‘तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गर्दछ’...

ओलीतिर औंला उठाउँदै एमाले नेताले भनेः दुर्गा प्रसाईंलाई काँधमा बोकेर हुर्काउने काम हामीबाटै भएको हो

२०८१ पुष २३ गते १९:३८

काठमाण्डू, २३ पुस– एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओली पक्षकै नेताहरुले दुर्गा प्रसाईं र सर्वेन्द्र खनाललाई विगतमा नेता बनाइएकामा नेतृत्वको आलोचना गरेका छन् । बैठकको अन्तिम दिन बोलेका पोलिट्ब्युरो सदस्य मोहन बानियाँले प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्य बनाइनु गलत रहेको बताए । एमालेको सौराहा...

बयान दिन सिआईबी पुगेका धनराजलाई प्रहरीले छाड्यो

२०८१ पुष २३ गते १९:१४

काठमाण्डू, २३ पुस– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काँग्रेस उपसभापति मिनबहादुर गुरुङसँग बयान लिएको छ । मंगलबार महाराजगञ्जस्थित कार्यालयमा बोलाएर ब्युरोले गुरुङसँग बयान लिएको हो । ब्युरोले यसअघि पनि उनीसँग बयान लिइएको बताएको थियो । ब्युरोका एसपी होबिन्द्र बोगटीले गुरुङसँग मध्याह्न १२ बजेदेखि...

मिनबहादुर गुरुङलाई जग्गा फिर्ता गरौंः एमाले नेता भट्टराई

२०८१ पुष २३ गते १९:०२

काठमाण्डू, २३ पुस– एमाले नेता खिमलाल भट्टराईले विवादास्पद व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा लिने निर्णयप्रति आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै भट्टराईले उक्त जग्गा गुरुङलाई फिर्ता गर्नुपर्ने बताए । ‘हामी हाम्रो कार्यालय आफैं बनाउन सक्छौं’, भट्टराईले भने, ‘मिनबहादुर...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

२०८१ पुष २३ गते १८:४०

काठमाण्डू, २३ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको...

माओवादीले ६ महिना अभियान, अर्को ६ महिनापछि विशेष महाधिवेशन गर्ने

२०८१ पुष २३ गते १८:३३

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि विशेष महाधिवेशनमा जाने बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित

२०८१ पुष २३ गते १८:२२

काठमाण्डू, २३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकबाट पारित भएको छ । आइतबार अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने तथा समाजवादी यात्रामा अघि बढाउने उद्देश्यसहित पेस गरेको प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमा १००...

भीम रावललाई दुर्गा प्रसाईंका मान्छेले केही समय उचाल्छन्ः ओली

२०८१ पुष २३ गते १८:१२

काठमाण्डू, २३ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावलका कारण पार्टीलाई कुनै क्षति नपुग्ने दाबी गरेका छन । आज मंगलबार केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संकटका बेला पनि जोगिएको पार्टीमा अहिले कुनै समस्या नरहेको बताएका छन । ‘दुर्गा...

एमाले र माओवादीको बैठक जुध्नु विचित्रको संयोग होः प्रचण्ड

२०८१ पुष २३ गते १८:०८

काठमाण्डू, २३ पुस– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र नेकपा एमालेको केन्द्रीय समितिको बैठक एकै समयमा पर्नु संयोग भएको प्रतिक्रिया दिएका छन । गत आइतबार दुवै पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको थियो । दुवै पार्टीको...

माओवादीले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने

२०८१ पुष २३ गते १८:०४

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने तयारी गरको । केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’ प्रचण्डले गत आइतबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us