माओवादीले पाँच पार्टीसँग एकता वार्ता गर्न समिति बनाउने

काठमाण्डु टुडे २०८१ पुष २३ गते १८:०४ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने तयारी गरको ।

केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’

प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल वनाउन घोषणा गरेका हुन् ।

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् । प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने भनेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तीकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो ।

सापकोटाका अनुसार वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us