काठमाण्डू, २३ पुस– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र नेकपा एमालेको केन्द्रीय समितिको बैठक एकै समयमा पर्नु संयोग भएको प्रतिक्रिया दिएका छन ।
गत आइतबार दुवै पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको थियो । दुवै पार्टीको बैठक मंगलबार सकिँदैछ ।
बैठक सकिनु अगाडि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले एमालेसँग केन्द्रीय समितिको बैठक जुध्नु संयोग भएको प्रतिक्रिया दिए ।
अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीसँगै एमाले पार्टीको पनि बैठक चलिरहेको छ । यो विचित्र संयोग हो’ प्रचण्डले भनेका भनेका छन्,‘यो बैठक र त्यो बैठक जनताले पक्कै दाँजेर हेर्छन् ।’