बयान दिन सिआईबी पुगेका धनराजलाई प्रहरीले छाड्यो

काठमाण्डु टुडे २०८१ पुष २३ गते १९:१४ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काँग्रेस उपसभापति मिनबहादुर गुरुङसँग बयान लिएको छ ।

मंगलबार महाराजगञ्जस्थित कार्यालयमा बोलाएर ब्युरोले गुरुङसँग बयान लिएको हो । ब्युरोले यसअघि पनि उनीसँग बयान लिइएको बताएको थियो ।

ब्युरोका एसपी होबिन्द्र बोगटीले गुरुङसँग मध्याह्न १२ बजेदेखि अपराह्न ५ बजेसम्म बयान लिइएको बताए । प्रहरीले गुरुङलाई बयान लिएर छाडेको छ । समान प्रकृतिको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने भने तीन महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

गुरुङमाथि ललितपुरको मितेरी सहकारी संस्थाको बचत अपचलनमा मुछिएका छन् । एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन छानबिन विशेष समितिले गुरुङमाथि कारबाही सिफारिस गरेको थियो ।

तर, सत्तापक्षका नेता भएका कारण उनले राजनीतिक संरक्षण पाउँदै आएका छन् । गुरुङ पत्नी ज्योति उक्त सहकारीकी पूर्वव्यवस्थापक हुन् । सहकारीमा कार्यरत रहँदा ज्योतिले १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

गुरुङले ज्योतिले लिएको करिब एक करोड केही महिनाअघि फिर्ता गरेका थिए । तर, गुरुङले ज्योतीसँग आफ्नो ०७९ सालमै सम्बन्ध बिच्छेद भएको दाबी गर्दै आएका छन् ।

हाल अमेरिकामा रहेकी ज्योतिविरुद्ध प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिश जारी गरिसकेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us