समाचार

काँग्रेस कर्णाली सरकारबाट बाहिरिने शाहीको चेतावनी

२०८१ माघ ७ गते १९:४०

सुर्खेत, ७ माघ– काँग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीले एमाले नेतृत्वको सरकार छाड्ने चेतावनी दिएका छन् । शाहीले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पुनर्विचार गर्ने बताए । एमालेले प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई पदमुक्त नगरे सरकार छाड्ने बताए । कर्णाली...

सर्वोच्चद्वारा देशभरका नदीमा अवैध उत्खनन् रोक्न सरकारलाई आदेश

२०८१ माघ ७ गते १९:१४

काठमाण्डू, ७ माघ– सर्वोच्च अदालतले देशभर खोला र नदीनालामा कानूनविपरीत भइरहेका रोडाढुंगा उत्खनन् रोक्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार देशभका अवैध उत्खनन् रोक्न सरकारलाई परमाआदेश दिएको हो । आदेशमा त्यस्ता गैरकानूनी काममा संलग्न व्यक्ति, कम्पनी...

कोशीका पूर्वमुख्यमन्त्री थापा भन्छन्ः भीआईपी भनेर ओभरटेक गर्न खोज्दा ममाथि आक्रमण भयो

२०८१ माघ ७ गते १८:०७

विराटनगर, ७ माघ– काँग्रेस कोशी प्रदेश अध्यक्ष एवं कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले सरकारले सुरक्षा दिन नसकेको बताएका छन् । सोमबार प्रदेशसभामा बोल्दै पूर्वमुख्यमन्त्री समेत रहेका थापाले कोशीमा सुरक्षा अवस्था कमजोर रहेको टिप्पणी गरे । उनीमाथि दुई दिनअघि झापामा दुई युवाले आक्रमण...

पोखरा महानगरमा एमाले–काँग्रेसको ताण्डब !

२०८१ माघ ७ गते १७:५३

पोखरा, ७ माघ–संघीय र प्रदेश सरकारको नेतृत्व गरिरहेका काँग्रेस र एमालेले पोखरा महानगरपालिकामा ताण्डब देखाएका छन् । काँग्रेसले महानगरपालिकामा तालाबन्दी गरेको छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काँग्रेसले सोमबार ताला लगाएको हो । एमालेले बहिस्कार गरेपछि सहमतिका लागि भन्दै मेयर धनराज...

रविलाई छाड्ने कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत गयो सरकार

२०८१ माघ ७ गते १७:४३

काठमाण्डू, ७ माघ– पोखराको सूर्यदर्शन सहकारी बचत अपचन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने कास्की जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतको आदेश उल्ट्याउन माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दिएको...

एमाले मोरङका १८ नेताद्वारा पार्टी परित्याग

२०८१ माघ ७ गते १६:४९

विराटनगर, ७ माघ– मोरङमा एमालेका १८ स्थानीय नेताले पार्टी छाडेका छन् । विराटनगर महानगरपालिका–३ का १८ जनाले सामूहिक रुपमा पार्टी छाडेको घोषणा गरेका हुन् । एमाले छाड्नेमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम, सदस्यहरू गौरीशङ्कर रेग्मी,...

माघ १८ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस

२०८१ माघ ७ गते १६:४२

काठमाण्डु, ७ माघ– सरकारले आगामी १८ माघदेखि संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिपक्षी दलहरुले...

सत्ता टिकाउन भू–राजनीतिका नाममा कायर काम गर्दिनः ओली

२०८१ माघ ७ गते १५:५४

काठमाण्डु, ७ माघ– प्रधानमन्त्री केपी ओलीले सत्तामा टाँसिरहन राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम आफूबाट नहुने बताएका छन् । राजधानीमा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीति’ सम्बन्धी संवादमा बोल्दै ओलीले विगतमा भू–राजनीतिका नाममा सत्तामा टिक्न राष्ट्रिय हितविरुद्ध जे पनि गर्न तयार हुने प्रवृत्ति देखिएको आरोप लगाउँदै...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः छविलालसँग ५० लाख धरौटी माग

२०८१ माघ ७ गते १५:४५

काठमाण्डु, ७ माघ– जिल्ला अदालत काठमाण्डूले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा मुछिएका गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडिआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाण्डूले सोमबार जोशीलाई लाई ५० लाख धरौटीमा छाड् आदेश दिएको हो । आइतबार अदलतमा उपस्थित...

प्रधानमन्त्री र सभामुखबीच भेट, संसद् अधिवेशन बोलाउने तयारी

२०८१ माघ ७ गते १५:०१

काठमाण्डू, ७ माघ– विपक्षी गठबन्धनले संसदको हिउँदे अधिवशन बोलाउन दबाब बढाइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरेबीच भेटावार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र घिमिरेबीच सोमबार भेटवार्ता भएको हो । संसद सचिवालय श्रोतका अनुसार भेटमा हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा...

दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

२०८१ माघ ७ गते १४:११

काठमाण्डू, ७ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाण्डू जिल्ला अदालत परिसरमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई छन् । काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले राईलाई काठमाण्डूको शान्तिनगरबाट...

चीनको उदाहरण दिँदै पोखरेलले भनेः नेपालमा काँग्रेस र एमाले भए पुग्छ

२०८१ माघ ७ गते १३:४४

चितवन, ७ माघ– एमाले महासचिव शंकर पोखरेलले मदन भण्डारीद्वारा प्तिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले धेरै दलको परिकल्पना नगरेको जिकिर गरेका छन् । दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जबजले धेरै दलबीचको प्रतिस्पर्धाको कल्पना नगरेको तर्क गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us