दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ७ गते १४:११ मा प्रकाशित

काठमाण्डू, ७ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाण्डू जिल्ला अदालत परिसरमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई छन् । काठमाण्डू प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले राईलाई काठमाण्डूको शान्तिनगरबाट पक्राउ गरिएको जानकारी दिए ।

अधिकारीका अुनसार राईलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । यसअघि आइतबार त्रिपाठीमाथि कुटपिटमा संलग्न हुम्ला अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी पक्राउ परेका थिए ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्धामा बचतकर्ताका पक्षमा बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि गत २ पुसमा जिल्ला अदालत काठमाण्डू परिसरमा कुटपिट भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाको निन्दा गर्दै आफ्ना कार्यकर्ता संलग्न भएको पाइए कारबाही गर्न राज्यका निकायलाई आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us