स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः छविलालसँग ५० लाख धरौटी माग

काठमाण्डु टुडे २०८१ माघ ७ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ७ माघ– जिल्ला अदालत काठमाण्डूले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा मुछिएका गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडिआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला अदालत काठमाण्डूले सोमबार जोशीलाई लाई ५० लाख धरौटीमा छाड् आदेश दिएको हो ।

आइतबार अदलतमा उपस्थित भएका जोशीलाई थुनछेक बहस नसकिएपछि थुनामा राखिएको थियो ।

जोशी यसअघि गत बिहीबार पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतको आदेशबाट ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए ।

स्वर्णलक्ष्मीको बचत अपचनको आरोपमा मुद्धा दायर गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यअसघि काठमाण्डू जिल्ला अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us