एमाले प्रमुख सचेतकलाई गोली हान्ने धम्की, संसदमै गराए सभामुखको ध्यानाकर्षण

काठमाण्डु टुडे २०८३ असार ३० गते १५:२५ मा प्रकाशित

काठमाण्डू, ३० असार– एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की आएको छ । गुण र दोषका आधारमा सरकारका काममाथि आलोचना गर्ने गरे पनि आफूलाई सामाजिक सञ्जालमा गोली हान्ने धम्की आएको उनले जानकारी गराएका छन ।

निरपेक्ष रूपमा विरोध नगरेको भए पनि सदनमा बोलिरहँदा सरकारको विरोध गरेको आधारमा निरन्तर मार्ने धम्की आइरहेको उनले बताएका छन ।

उनले भने, ‘निरन्तर धम्की आएको छ । गोली हान्दिन्छु, मार्दिन्छु भनेर सामाजिक सञ्जालमार्फत धम्की आएको हो । गोली हानेर मार्दिन्छु भनेर पराजुली रामको नामबाट धम्की आएको हो, ‘बौद्धमा बस्ने व्यक्तिको ठेगानाबाट यस्तो धम्की आएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us