विराटनगर, ७ माघ– मोरङमा एमालेका १८ स्थानीय नेताले पार्टी छाडेका छन् ।
विराटनगर महानगरपालिका–३ का १८ जनाले सामूहिक रुपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।
एमाले छाड्नेमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम, सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उपा सिवाकोटी छन् ।
पार्टी नेतृत्वले बिना छलफल संगठठित सदस्य नै नरहेका र अरु पार्टीमा रहेकालाई समेत आयोजक समितिमा राखेकाले आफूहरुले पार्टी छाडेको उनीहरुद्वारा जारी सामूहिक विज्ञप्तिमा छ ।
एमाले विराटनगर महानगर कमिटीले महानगर सदस्यमा मनोनित गरेको विरोधमा वडा नम्बर–३ का उपाध्यक्ष प्रकाश सापकोटाले एमाले छाडेका थिए ।