सर्वोच्चद्वारा देशभरका नदीमा अवैध उत्खनन् रोक्न सरकारलाई आदेश

काठमाण्डु टुडे २०८१ माघ ७ गते १९:१४ मा प्रकाशित

काठमाण्डू, ७ माघ– सर्वोच्च अदालतले देशभर खोला र नदीनालामा कानूनविपरीत भइरहेका रोडाढुंगा उत्खनन् रोक्न सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार देशभका अवैध उत्खनन् रोक्न सरकारलाई परमाआदेश दिएको हो ।

आदेशमा त्यस्ता गैरकानूनी काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन भनिएको छ ।

वातावरण कानून समाजका अध्यक्ष पदमबहादुर श्रेष्ठ र एक्स्फोर्ट ल्याबले अवैध खानी उत्खन्न रोक्न माग गर्दै फरकफरक रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us