समाचार

सप्तरीको धरमपुरमा बाबुछोराको जलेर मृत्यु

२०७० पुष १३ गते ३:१५

काठमाण्डु, १३ पुस – सप्तरीको धरमपुर–४ मा आगलागीमा परी गएराति दुई जनाको मृत्यू भएको छ । सप्तरीकै घोगनपुर स्थाई घरभइ धरमपुरमा किराना पसल संचालन गर्दै अाएका नागेश्वर शाहको पसलमा खाना पकाउने ग्यास चुहिएर लागेको आगोबाट उनी र उनका छोरा १८ वर्षिय खेलावनप्रसाद शाहको मृत्यू...

संरक्षण क्षेत्रका कारण स्थानीयलाई सास्ती

२०७० पुष १३ गते ३:०३

दार्चुला, १३ पुस – दार्चुला जिल्लामा अपी नापा संरक्षण क्षेत्र लागू भएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बढ्दा स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।     संरक्षण क्षेत्रका जङ्गलबाट आउने वन्यजन्तुले अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु थप चिन्तामा परेका हुन् । खार गाविस– ५ का किसान मदनराज...

एमालेले समानुपातिक सभासदको सूची बुझायो (नामावलीसहित)

२०७० पुष १३ गते २:५१

काठमाण्डु १३, पुस – नेकपा एमालेले समानुपातिक सभासदको सूची शनिबार निर्वाचन आयोगमा बुझाएको छ । राजधानीको गोकर्ण रिसोर्टमा लामो छलफलपछि अन्तिम रुप दिएको सूची शनिबार निर्वाचन आयोगमा बुझाइएको एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिए । स्थायी समितिले छनोट गरेको नाम केन्द्रीय समितिको बैठकले अनुमोदन...

अत्यधिक चिसोका कारण बिरामी बढे

२०७० पुष १३ गते २:०७

दाङ, १३ पुस – केही दिनयता दाङमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण यतिखेर जिल्लाका अस्पतालमा बिरामीको चाप बढेको छ । तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पनि निमोनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरोलगायतका रोगको उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले...

राप्रपाले सभासदको नाम अायोगमा बुझाउँदै

२०७० पुष १३ गते १:५०

काठमाण्डु, १३ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाउँदैछ । केन्द्रीय समितिको निर्णय बमोजिम छानिएका सभासदको नामावली शनिबार निर्वाचन आयोगमा बुझाइने राप्रपा सह–प्रवक्ता किरण गिरीले जानकारी दिए । शनिबार सार्वजनिक विदा भएपनि निर्वाचन आयोग...

काँग्रेस संसदीय समितिको बैठक बस्दै

२०७० पुष १३ गते १:३२

काठमाण्डु, १३ पुस । समानुपातिक सभासद चयनका विषयमा सहमति जुटाउन नेपाली काँग्रेस संसदीय समितिको बैठक शनिबार बस्दैछ । बिहिबार बसेको पदाधिकारी बैठकमा विवाद भएपछि संसदीय समितिको बैठक शनिबारसम्मका लागि स्थगित भएको थियो । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले...

जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

२०७० पुष १३ गते १:१२

जुम्ला, १३ पुस – जुम्ला जिल्लाका ९० प्रतिशत सरकारी कार्यालय प्रमुखविहीन रहेका छन् । सभा, सेमिनार, गोष्ठी र तालिमको बहाना गर्दै कार्यालय प्रमुखहरु जाडो छल्न तल झर्न थालेपछि जिल्लाका अधिकांश कार्यालय प्रमुखविहीन भएका हुन् । केही सरकारी कार्यालयका प्रमुख भने जानकारी दिएर बिदा, काज...

‘एमालेलाई उपयोग गर्ने कांग्रेस नीति भए सहकार्य असम्भव’

२०७० पुष १२ गते १५:००

पर्वत, १२ पुस– एमाले नेता प्रदीप ज्ञवालीले एमालेलाई उपयोग गर्ने नीतिमा कांग्रेससँग सहकार्य हुन नसक्ने बताएका छन् । कांग्रेससँग प्याकेजमै सहमति हुने भन्दै ज्ञवालीले उपयोग गर्ने कांग्रेसको नीति भए सहकार्य नहुने बताए । पर्वतमा भएको कार्यक्रममा ज्ञवालीले छिट्टै संविधानसभालाई पूर्णता दिई सरकार बनाउने र...

‘जातीय संघीयता नहुन काँग्रेस एमालेको सरकार’

२०७० पुष १२ गते १३:१०

भक्तपुर, १२ पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा जातीय आधारमा संघीयता नहुने हो भने काँग्रेस र एमालेबीच सत्ता साझेदारी हुनुपर्ने बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा बिजुक्छेले कांग्रेस एमाले मिले मात्रै देशमा जातीय संघीयता नहुने बताए । बिजुक्छेले दुई दलमध्ये कुनै...

सर्वोच्चले दियो सिँचाइ सचिवलाई माफी

२०७० पुष १२ गते १३:०१

काठमाण्डु, १२ पुस– सर्वोच्च अदालतले सिँचाइ मन्त्रालयका सचिव प्रतापकुमार पाठकलाई गरेको सजाय माफी दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले अदालतको आदेशको अपहेलना गरेका सचिव पाठकले यही पुस १ गते अदालतमा उपस्थित भई लिखित प्रतिबद्धतासहित क्षमायाचना गरेकाले माफी दिने आदेश...

लोकेन्द्रका छोरादेखि रविन्द्रनाथकी पत्नीसम्म राप्रपाका सभासद

२०७० पुष १२ गते १२:५७

काठमाण्डु, १२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेको समानुपातिकतर्फका १० जना सभासदको नाम टुङ्गो लगाएको छ । राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापा, नेताहरु जयन्त चन्द, सरोजा शर्मा, परशुराम तामाङ, रमेश लामा, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, आनन्दी पन्त, गीता सिंह र लक्ष्मी थापा...

न्यूज २४ टेलिभिजन केबुलमा सिमित

२०७० पुष १२ गते १२:३२

काठमाण्डु, १२ पुस–काठमाण्डुको लाजिम्पाटस्थित न्यूज ट्वान्टी फोर टेलिभिजन ‘सुविसु केबुल’बाट मात्रै प्रसारण भएको छ । स्याटलाइट प्रयोग गरे वाफत पैसा बुझाउन नसकेपछि बन्द भएको टिभि अब भने काठमाण्डु उपत्यकाको सिमित ठाउँमा हेर्न सकिन्छ । यसअघि न्यूज ट्वान्टी फोर टेलिभिजनले नै सन्चालन गर्दै आएको मनोरन्जनात्मक टेलिभिजन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us