समाचार

निर्माणाधीन बेलिब्रिज नदीमा खस्योे

२०७० पुष १३ गते १४:१४

खोटाङ, १३ पुस–  उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान गर्ने क्रममा आज बिहान भाँचिएर नदीमा खसेको छ । एक सातादेखि जडान कार्य थालिएको बेलिब्रिज जडान गर्ने क्रममा भाँचिएर नदीमा खसेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादर खत्रीले बताए । समयमा बेलिब्रिज सञ्चालन...

दुर्घटनामा बालिकाको मृत्यु

२०७० पुष १३ गते १४:११

वीरगन्ज, १३ पुस– वीरगन्ज पथलैया सडकखण्डको जितपुरमा आज भएको सडक दुर्घटनामा परी एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा वारा जितपुर गाविस–८ का १४ वर्षीया शालु कुमारी रहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । बाटो काट्न लागिरहेको बेला पथलैयाबाट वीरगन्ज आउँदै...

एमाओवादीले समानुपातिकमा नयाँलाई प्राथमिकता दिने

२०७० पुष १३ गते ११:१७

काठमाण्डु, १३ पुस– एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पार्टीले समानुपातिक तर्फका सभासद छान्दा नयाँलाई प्राथमिकता दिने बताएका छन् । उनले सकेसम्म सबै जिल्लालाई समेट्ने बताए । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार आयोजित नियमित भेटघाट कार्यक्रममा सापकोटाले समानुपातिक सूचीका बारेमा आइतबार १ बजे बस्ने...

चिसोले रौतहटमा एक जनाको मृत्यु

२०७० पुष १३ गते १०:५८

रौतहट, १३ पुस– चिसोका कारण शनिबार बिहान एक जनाको मृत्यु भएको छ भने मर्नेको सङ्ख्या दुई पुगेको छ । बिहान हुस्सुसँगै चलेको चिसो हावाका कारण अत्यधिक चिसो लागी गम्हरिया विर्ता गाविस–१ निवासी लक्षु पण्डितको मृत्यु भएको हो । अन्दाजी ६० वर्षका पण्डितको मृत्यु हुनाका...

त्यागी भन्दा विवादास्पद छविका सभासद बढी

२०७० पुष १३ गते १०:१२

काठमाण्डु, १३ पुस– नेकपा एमालले संविधासभामा समानुपातिकतर्फ आफ्नो भागमा परेको ८४ जनाका नाम टुंग्याएलगत्तै पार्टी भित्रै यसको चरम आलोचना हुन थालेको छ । पार्टीका योग्य तथा त्यागी नेताको साटो नेताका खल्तीका मान्छेलाई सभासद बनाएको भन्दै विरोध सुरु भएको हो । एमालले विवादास्पद छविका महेन्द्र...

प्लास्टिक झोला प्रयोग गर्ने कारबाहीमा

२०७० पुष १३ गते ८:५४

धनकुटा, १३ पुस– धनकुटा नगरपालिकाले घोषणा गरेको प्लास्टिक झोला नियन्त्रण अभियानअन्तर्गत हालसम्म ४ सय ३७ जना व्यापारी तथा प्रयोगकर्ता कारबाहीमा परेका छन् । गएको वैशाखबाट नगर क्षेत्रमा सुरु गरिएको यो अभियान उल्लंघन गर्ने व्यापारी तथा प्रयोगकर्ताहरु कारबाहीमा परेका हुन् । नगरपालिकाले यस अभियानअन्तर्गत दिनहुँजसो...

सरकारको कार्यशैलीबाट काँग्रेस रुष्ट

२०७० पुष १३ गते ८:४२

काठमाण्डु, १३ पुस– संविधानसभा निर्वाचनपछि कर्मचारी सरुवा र बढुवासहित दीर्घकालिन महत्वका निर्णय गरेको भन्दै काँग्रेस वर्तमान सरकारको कार्यशैलीप्रति रुष्ट बनेको छ । निर्वाचन प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकार निर्वाचन सकिएसँगै कामचलाउ हैसियतमा सीमित भएकाले उसले दीर्घकालीन महत्वको निर्णय गर्न नपाउने तर्क काँग्रेस नेताहरुको...

रेग्मीले गरे अस्तुको दर्शन

२०७० पुष १३ गते ८:४०

भक्तपुर, १३ पुस– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भक्तपुरको मध्यपुर थिमिमा रहेको श्यामा श्याम धाम राधेराधेमा पुगेर कृपालुजी महाराजजीको अस्तुको दर्शन गरेका छन् । श्रीमतीसहित पुगेका रेग्मीले धाममा सार्वजनिक दर्शनका लागि भारतबाट ल्याइएको महाराजजीको अस्तुको दर्शन गरेका हुन् । रेग्मीले फोटो प्रर्दशनीको समेत अवलोकन गनरेका...

कांग्रेसले समानुपातिक सभासद आइतबार टुंग्याउने

२०७० पुष १३ गते ८:४०

काठमाण्डु, १४ पुस– नेपाली कांग्रेसले आइतबारसम्ममा पार्टीको तर्फबाट समानुपातिकतर्फका सभासदको टुंगो लगाउने भएको छ । कांग्रेसले सभासद टुंगो लगाउन ४ वटा मापदण्ड बनाएर छलफल गरिरहेको जनाएको छ । कांग्रेसले सभासद छान्न उनीहरुले पार्टीमा दिएको योगदानलाई मूल्यांकनको पहिलो आधार बनाएको उपसभापति रामचन्द्र पौडेलले बताए ।...

चिसोका कारण सप्तरीमा एकको मृत्यु

२०७० पुष १३ गते ७:३२

सप्तरी, १३ पुस – विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन् ।  अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय...

प्रहरी हस्तक्षेपको विरोधमा लाहान बन्द

२०७० पुष १३ गते ७:१५

लहान, पुस १३ – प्रहरी हस्तक्षेपको विरोधमा वैदिक सनातन हिन्दु तथा गौवंश संरक्षण समितिले शनिबार सिरहाको लहान बजार बन्द गराएको छ । संवैधानिक हिन्दु राज्य कायम गर्नुपर्ने, गौ हत्या अन्त्य हुनुपर्ने, लगायतका माग गर्दै शुक्रबार सिरहाको लहानमा भएको दुई घण्टे चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको...

निकुञ्जमा चोरीसिकार रोक्न सेना खटियो

२०७० पुष १३ गते ६:०३

चितवन, १३ पुस – चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले वन्यजन्तु संरक्षणका लागि विशेष कारबाही सुरु गरेको छ । केन्द्रबाटै कारबाहीका लागि २०० सेनाको विशेष फोर्स ल्याएको नेपाली सेनाको मध्ये पृतनाले जनाएको छ । सोही कारबाहीका लागि चितवन पुगेका पृतनापति सुन्दर पुडासैनीले यस्तो जानकारी दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us