
खोटाङ, १३ पुस– उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा बेलिब्रिज जडान गर्ने क्रममा आज बिहान भाँचिएर नदीमा खसेको छ ।
एक सातादेखि जडान कार्य थालिएको बेलिब्रिज जडान गर्ने क्रममा भाँचिएर नदीमा खसेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादर खत्रीले बताए ।
समयमा बेलिब्रिज सञ्चालन नहुँदा माथिल्लो सगरमाथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सर्वसाधारण मारमा परेका छन् । घुर्मी खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जोड्ने मुख्य नाका हो भने जयराम खोटाङ आउजाउ गर्ने मुख्य नाका हो ।
जिल्ला जोड्ने प्रमुख नाकामा बेलिब्रिज सञ्चालनमा नआउँदा तीनै जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव सुरु भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजूले बताए । रासस