
काठमाण्डु, १३ पुस– एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पार्टीले समानुपातिक तर्फका सभासद छान्दा नयाँलाई प्राथमिकता दिने बताएका छन् ।
उनले सकेसम्म सबै जिल्लालाई समेट्ने बताए । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार आयोजित नियमित भेटघाट कार्यक्रममा सापकोटाले समानुपातिक सूचीका बारेमा आइतबार १ बजे बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताए ।
उनले समानुपातिक सूची तयार गर्न पार्टीमा छलफल भइरहेको जानकारी दिए ।
उनले पार्टी बिचारको पुञ्ज भएको भन्दै पार्टी भित्र आधारभूत कुरामा कुनै मतदभेद नभएको बताए । सापकोटाले जनमुक्ति सेना रहेका शिविरहरुमा बनेका सहिद गेटहरु भत्काउन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।