प्लास्टिक झोला प्रयोग गर्ने कारबाहीमा

काठमाण्डु टुडे २०७० पुष १३ गते ८:५४ मा प्रकाशित

Plastic Jholaधनकुटा, १३ पुस– धनकुटा नगरपालिकाले घोषणा गरेको प्लास्टिक झोला नियन्त्रण अभियानअन्तर्गत हालसम्म ४ सय ३७ जना व्यापारी तथा प्रयोगकर्ता कारबाहीमा परेका छन् ।

गएको वैशाखबाट नगर क्षेत्रमा सुरु गरिएको यो अभियान उल्लंघन गर्ने व्यापारी तथा प्रयोगकर्ताहरु कारबाहीमा परेका हुन् । नगरपालिकाले यस अभियानअन्तर्गत दिनहुँजसो छड्के अनुगमन गरिरहेको छ ।

छड्के अनुगमनका क्रममा भेटिएका ती व्यापारी तथा प्रयोगकर्तालाई सम्झाउनेदेखि जरिवाना लिएर कारबाही गरिरहेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोइरालाले बताए ।

नगरपालिकाले पटकपटक अभियान उल्लंघन गर्ने र कारबाही शुल्क नतिर्नेलाई सेवा तथा सुविधाबाट समेत वञ्चित गरेको छ । प्लास्टिक झोलाले वातावरणमा पु¥याउने असरलाई कम गर्न अभियान सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।

अभियान उल्लङ्घन गर्ने व्यापारीलाई रु एक हजार र अन्य प्रयोगकर्तालाई दुई सय जरिवाना गर्ने गरेको अभियानका संयोजक विजयसन्तोषी राईले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us