निकुञ्जमा चोरीसिकार रोक्न सेना खटियो

काठमाण्डु टुडे २०७० पुष १३ गते ६:०३ मा प्रकाशित

chitwan-national-park-82420चितवन, १३ पुस – चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले वन्यजन्तु संरक्षणका लागि विशेष कारबाही सुरु गरेको छ । केन्द्रबाटै कारबाहीका लागि २०० सेनाको विशेष फोर्स ल्याएको नेपाली सेनाको मध्ये पृतनाले जनाएको छ । सोही कारबाहीका लागि चितवन पुगेका पृतनापति सुन्दर पुडासैनीले यस्तो जानकारी दिएका हुन् ।
अहिले आवश्यक जनशक्तिलाई प्रशिक्षण दिने काम भइरहेको उनले बनाए । अहिले वन्यजन्तुमाथि विभिन्न आक्रमण बढ्ने भएकाले यो समयमा सेनाले विशेष फोर्स सञ्चालन गर्न लागेको उनको भनाई छ ।
फोर्ससँगै निकुञ्जको सुरक्षार्थ खटिएका विभिन्न गण र गुल्मसमेत परिचालन हुनेछन् । प्रायः यो समयमा निकुञ्जमा चोरी सिकारी बढ्ने हुन्छ, त्यसको नाका–नाका र गैँडा खेल्ने स्थानमा विशेष कारबाही हुने पृतनापति पुडासैनीले बताए ।
उनका अनुसार अत्याधुनिक प्रविधिसहित आगामी असारसम्म  कारबाही गरिनेछ । जसका लागि करिब २०० सेना परिचालन हुने उनले बताए । पैदल, हवाइ, गाडी गस्तीसमेत हुनेछ ।

विदेशमा विभिन्न क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मार्ने क्रम बढेको भए पनि चितवन निकुञ्जमा अहिलेसम्म सिकारीले गैँडा मार्न नसकेको भन्दै यो क्रमलाई कायम राख्न कारबाही आवश्यक भएको निकुञ्जले जनाएको छ ।
चितवनमा हाल ५०३ गैँडा र १२५ पाटेबाघ रहेका छन् । चितवनमा यी वन्यजन्तु जोगाउन निकै चुनौती छ । त्यसैले सेनाले विशेष कारबाही सुरु गरेको निकुञ्जको सुरक्षामा खटिएका गणपति चक्रबहादुर शाहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us