दुर्घटनामा बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष १३ गते १४:११ मा प्रकाशित

वीरगन्ज, १३ पुस– वीरगन्ज पथलैया सडकखण्डको जितपुरमा आज भएको सडक दुर्घटनामा परी एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा वारा जितपुर गाविस–८ का १४ वर्षीया शालु कुमारी रहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

बाटो काट्न लागिरहेको बेला पथलैयाबाट वीरगन्ज आउँदै गरेका ना. ४ ख ८५० नम्बरका ट्याङ्करले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us