
रौतहट, १३ पुस– चिसोका कारण शनिबार बिहान एक जनाको मृत्यु भएको छ भने मर्नेको सङ्ख्या दुई पुगेको छ ।
बिहान हुस्सुसँगै चलेको चिसो हावाका कारण अत्यधिक चिसो लागी गम्हरिया विर्ता गाविस–१ निवासी लक्षु पण्डितको मृत्यु भएको हो ।
अन्दाजी ६० वर्षका पण्डितको मृत्यु हुनाका मुख्य कारण चिसो भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति करिब २ बजेको समयमा चन्द्रनिगाहपुर गाविस–६ निवासी अन्दाजी ८० वर्षीया लक्ष्मीनिया कुर्मीको मृत्यु भएको थियो । रासस