
भक्तपुर, १३ पुस– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भक्तपुरको मध्यपुर थिमिमा रहेको श्यामा श्याम धाम राधेराधेमा पुगेर कृपालुजी महाराजजीको अस्तुको दर्शन गरेका छन् ।
श्रीमतीसहित पुगेका रेग्मीले धाममा सार्वजनिक दर्शनका लागि भारतबाट ल्याइएको महाराजजीको अस्तुको दर्शन गरेका हुन् ।
रेग्मीले फोटो प्रर्दशनीको समेत अवलोकन गनरेका थिए ।
रेग्मीलाई कृपालुजी महाराजका नेपालका एकमात्र प्रचारक स्वामी हरिदासले स्वागत गरेका थिए ।
रासस