सरकारको कार्यशैलीबाट काँग्रेस रुष्ट

काठमाण्डु टुडे २०७० पुष १३ गते ८:४२ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, १३ पुस– संविधानसभा निर्वाचनपछि कर्मचारी सरुवा र बढुवासहित दीर्घकालिन महत्वका निर्णय गरेको भन्दै काँग्रेस वर्तमान सरकारको कार्यशैलीप्रति रुष्ट बनेको छ ।
निर्वाचन प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकार निर्वाचन सकिएसँगै कामचलाउ हैसियतमा सीमित भएकाले उसले दीर्घकालीन महत्वको निर्णय गर्न नपाउने तर्क काँग्रेस नेताहरुको छ । संविधानसभा निनर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित भएको काँग्रेसले सरकार नेतृत्वमा दाबी गर्दै आएको छ ।

‘निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारको औचित्य निर्वाचनपछि सकिएको छ’, आफ्नो सम्मानमा राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले भने, ‘कामचलाउ सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्न मिल्दैन ।’

ताजा जनादेशका आधारमा अर्को सरकार गठनको तयारी भइरहेका बेला सरकार मनपरी निर्णय गर्न उद्धत रहेको भन्दै उनले आक्रोश पोखे ।
अर्को एक फरक प्रसंगमा सिंहले पुस १५ गते संविधानसभाले पूर्णता पाउने र त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us