संरक्षण क्षेत्रका कारण स्थानीयलाई सास्ती

काठमाण्डु टुडे २०७० पुष १३ गते ३:०३ मा प्रकाशित

दार्चुला, १३ पुस – दार्चुला जिल्लामा अपी नापा संरक्षण क्षेत्र लागू भएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बढ्दा स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।     संरक्षण क्षेत्रका जङ्गलबाट आउने वन्यजन्तुले अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु थप चिन्तामा परेका हुन् ।

खार गाविस– ५ का किसान मदनराज जोशीले नजिकैको अपी नापा संरक्षण क्षेत्रको जङ्गलबाट आउने गरेको स्यालका बथानले बाख्राका पाठापाठी मार्ने र उखुबाली नष्ट गर्ने गरेको गुनासो गरे ।

जङ्गली जनावरले अन्नबाली नष्ट गर्न थालेपछि खारका स्थानीयवासी जङ्गली जनावर भगाउन रातभरि जाग्राम बस्ने गरेको जोशीले बताए । विसं २०६६ मा स्थापना भएको अपी नापा संरक्षण क्षेत्रले दार्चुलाको १२ वटा गाविस ओगटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us