
दाङ, १३ पुस – केही दिनयता दाङमा अत्यधिक चिसो बढेको छ ।
चिसोका कारण यतिखेर जिल्लाका अस्पतालमा बिरामीको चाप बढेको छ । तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पनि निमोनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरोलगायतका रोगको उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डाक्टर केदार सेन्चुरीका अनुसार एक हप्तादेखि बढेको अत्यधिक चिसोका कारण अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
विशेष गरेर बालबालिका र वृद्धवृद्धा त्यस्ता रोगबाट प्रभावित भएका छन् ।
चिसोबाट बच्न बालबालिकालाई बाक्लो न्यायो कपडा लगाउनु पर्ने, अनावश्यक रुपमा चिसोमा बाहिर ननिस्कने, वृद्धवृद्धाले तातो न्यानोमा बस्नु पर्ने, टोपी, मोजा सुइटरलगायतका न्यायो कपडा लगाउनुपर्ने उनले बताए । चिसोका कारण अहिले दाङका गल्ली चोकलगायतका स्थानमा मानिस ठाउँठाउँमा आगो तापेर बसेका देखिन्छन् । रासस