
काठमाण्डु, १३ पुस – सप्तरीको धरमपुर–४ मा आगलागीमा परी गएराति दुई जनाको मृत्यू भएको छ ।
सप्तरीकै घोगनपुर स्थाई घरभइ धरमपुरमा किराना पसल संचालन गर्दै अाएका नागेश्वर शाहको पसलमा खाना पकाउने ग्यास चुहिएर लागेको आगोबाट उनी र उनका छोरा १८ वर्षिय खेलावनप्रसाद शाहको मृत्यू भएको सप्तरी प्रहरीले जनाएको छ ।
आगोले घरमै रहेको किराना पसलको सबै सामान जलेको छ ।
आगो राजविराजबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरिक्षक विजय यादवले जानकारी दिए । क्षतिको यकिन विवरण आउन बाँकी नै छ ।
यसैबीच पिडित परिवारलाई किरिया खर्च बापत जिल्ला दैवीप्रकोप उद्धार समितिले २५ हजार नगद दिने भएको छ ।