समाचार

एमाओवादी सल्लाहकार परिषदको बैठक जारी

२०७० पुष २७ गते १:१८

काठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीको सल्लाहकार परिषद्को बैठक शनिबार दोस्रो दिन पनि जारी छ । बैठकमा एमाओवादी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु पनि सहभागी छन् । यसअघि शुक्रबारको बैठकमा बोल्ने अधिकांश सल्लाहकारले...

दलितलाई २६ सिटमा समेट्न पहल गर्छु : प्रचण्ड

२०७० पुष २६ गते १३:२९

काठमाण्डु, २६ पुस – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलित समुदायका अधिकार संविधानमा सुनिश्चत गर्न संसद र सडकबाट संघर्ष गर्नुपर्ने बताएका छन् । संविधानसभामा दलित समुदायको प्रतिनिधित्व न्युन भएको भन्दै विभिन्न माग राखी ज्ञापनपत्र लिएर एमाओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका दलित नागरिक अभियान...

सभासद बनाउन तेस्रो लिंगीहरुको माग

२०७० पुष २६ गते १३:१८

काठमाण्डु, २६ पुस – यौनिक तथा लैंगिक अल्प संख्यक (तेस्रो लिङ्गी)हरूले सरकारबाट मनोनीत गरिने २६ जना सभासदमा तेस्रो लिंगीबाट कम्तीमा तीन जना प्रतिनिधित्व गर्नुपर्ने माग गरेका छन् । नील हिरा समाजले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका पार्टीले प्रत्यक्ष तथा...

भारतीय प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट अनिश्चित

२०७० पुष २६ गते १३:१४

काठमाण्डु, २६ पुस–गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँगको अनिश्चित देखिएको छ । तीनदिने औपचारिक सद्भावना भ्रमणमा आगामी मङ्गलबार नयाँदिल्ली जान लागेका परराष्ट्रमन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसिंहसँगको भेट निश्चित भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने...

राजालाई आलंकारिक स्थान दिनुपर्छ : थापा

२०७० पुष २६ गते १०:४३

बनेपा, २६ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा आलंकारिक भएपनि राजालाई ठाउँ दिइनुपर्ने बताएका छन् । बनेपामा नवनिर्वाचित सभासद्को स्वागतार्थ आयोजित कार्यक्रममा बोल्दै उनले सनातन हिन्दू धर्म, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र सुदृढ स्वायत्त शासन प्रणालीको मूलभूत मान्यतामा आफूहरुले कसैसँग...

काँग्रेसले नेतृत्वको दाबी गर्छ : सिटौला

२०७० पुष २६ गते १०:१२

भद्रपुर, २६ पुस – नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेस ठूलो पार्टीको रुपमा स्थापित भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी पेस गर्ने बताएका छन् । भद्रपुर नगरपालिकाको २० औँ नगरपरिषद्को शुक्रबार उद्घाटन गर्दै उनले पहिले सहमतिमा सरकार बनाउने प्रयास गरिने र त्यसो नभए बहुमतको...

सहमतिको प्याकेज ल्याउन कांग्रेसलाई एमालेको आग्रह

२०७० पुष २६ गते १०:००

काठमाण्डु, २६ पुस – नेकपा एमालेले सहमतिको सरकार गठनको प्रस्ताव ल्याउन नेपाली काँग्रेसलाई आग्रह गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतले प्रस्ताव ल्याएपछि सरकारमा जाने कि नजाने भन्ने धारणा बनाउने एमालेको तयारी छ । पार्टी प्यालेस संघको दोस्रो साधारण सभालाई विहीबार सम्बोधन गर्दै एमाले वरिष्ठ...

सप्तरीमा ४० प्रतिशत विद्यालय गाभ्नुपर्ने

२०७० पुष २६ गते ९:११

सप्तरी, २६ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा करिब ४० प्रतिशतभन्दा बढी विद्यालय गाभ्नुपर्ने अवस्थामा रहेको जनाएको छ । अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक योगेश्वर रोमखामीको नेतृत्वमा खटिएको टोलीले पाँच दिनसम्म सप्तरीका विभिन्न विद्यालय पुगेर गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो...

‘नेपाल विश्वशान्ति र निःशस्त्रीकरण चाहन्छ’

२०७० पुष २६ गते ८:०२

काठमाण्डु, २६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले विश्वशान्ति र निःशस्त्रीकरण नेपालको चाहना भएको बताएका छन् । संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि एन्जिला केनसँग विहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा रेग्मीले शान्ति, विकास र आमविनाशका हतियाररहित विश्व हुनुपर्ने नेपालको चाहना रहेको...

अपाङ्ग महासंघको राजधानी केन्द्रित आन्दोलन स्थगित

२०७० पुष २६ गते ७:५६

काठमाण्डु, २६ पुस – संविधानसभा सदस्यमा मन्त्रिपरिषदद्वारा मनोनयन हुने २६ जनामा अपाङ्गता भएका कम्तीमा चार जनालाई समावेश गर्नुपर्ने माग राख्दै आन्दोलनरत राष्ट्रिय अपाङ्ग महासंघले काठमाण्डुमा केन्द्रित आन्दोलन ४८ घन्टाका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वार्ताका लागि महासंघका पदाधिकारी बोलाए पछि...

कक्षा ११ को परीक्षाफल प्रकाशित

२०७० पुष २६ गते ७:३४

काठमाण्डु, २६ पुस–उच्च माध्यमिक शिक्षा परीषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित नतिजा अनुसार ४० प्रतिशत अर्थात १ लाख ४ हजार ९ सय ६९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यस्तै आंशिकतर्फ ३२.९३ प्रतिशत अर्थात ५० हजार ९ सय ८ परीक्षार्थी...

चिसोबाट मृत्यु हुनेको संख्या पाँच

२०७० पुष २६ गते ७:२७

बर्दिवास, २६ पुस – महोत्तरीमा यस वर्ष चिसोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मंसिर अन्तिम सातादेखि चलेको पश्चिमी वायुसँगैको चिसो स्याँठ चलिरहेको छ ।  लगातारको स्याँठ छल्न न्यानो लुगा र पोषिलो खानाको जोहो हुन नसक्दा जिल्लाका गाउँनगर बस्तीका दीर्घरोगी वृद्ध चिसोले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us