काँग्रेसले नेतृत्वको दाबी गर्छ : सिटौला

काठमाण्डु टुडे २०७० पुष २६ गते १०:१२ मा प्रकाशित

Krishana-Prasad-Sitaulaभद्रपुर, २६ पुस – नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेस ठूलो पार्टीको रुपमा स्थापित भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी पेस गर्ने बताएका छन् ।

भद्रपुर नगरपालिकाको २० औँ नगरपरिषद्को शुक्रबार उद्घाटन गर्दै उनले पहिले सहमतिमा सरकार बनाउने प्रयास गरिने र त्यसो नभए बहुमतको सरकार बनाइने बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सभासद्को सूची बुझाएको २१ दिनभित्र संविधानसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार माघ १० गतेभित्र संविधानसभाको बैठक आह्वान हुन सक्ने बताउँदै उनले सबै राजनीतिक पार्टीहरु सहमतिका साथ अघि बढे सहज ढङ्गले एक वर्षभित्र नयाँ संविधान बन्ने विश्वास व्यक्त गरे ।

स्थानीय निकाय मजबुत नभएमा लोकतन्त्र मजबुत हुन नसक्ने भएकाले सरकार बनेको ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने सिटौलाको भनाई छ ।
साथै उनले हुलाकी राजमार्गको निर्माण भएपछि भद्रपुरलगायतका तराईका दक्षिणी भेगमा विकास अभियानले गति लिने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us