कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७० पुष २६ गते ७:३४ मा प्रकाशित

hsebकाठमाण्डु, २६ पुस–उच्च माध्यमिक शिक्षा परीषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित नतिजा अनुसार ४० प्रतिशत अर्थात १ लाख ४ हजार ९ सय ६९ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

यस्तै आंशिकतर्फ ३२.९३ प्रतिशत अर्थात ५० हजार ९ सय ८ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

गत जेठ महिनामा भएको परीक्षाको नतिजा ९ महिनापछि सार्बजनिक भएको हो ।

परीक्षामा ४ लाख ३५ हजार १८ जना परीक्षार्थी सहभागी थिए । नियमित तर्फ २ लाख ६५ हजार ४ सय ५७ र आंशिक तर्फ १ लाख ६९ हजार ४ सय ५७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

परीक्षाफल www.hseb.ntc.net.np अथवा १६०१ मा फोन गरेर हेर्न सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us