राजालाई आलंकारिक स्थान दिनुपर्छ : थापा

काठमाण्डु टुडे २०७० पुष २६ गते १०:४३ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalबनेपा, २६ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा आलंकारिक भएपनि राजालाई ठाउँ दिइनुपर्ने बताएका छन् ।

बनेपामा नवनिर्वाचित सभासद्को स्वागतार्थ आयोजित कार्यक्रममा बोल्दै उनले सनातन हिन्दू धर्म, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र सुदृढ स्वायत्त शासन प्रणालीको मूलभूत मान्यतामा आफूहरुले कसैसँग सम्झौता नगर्ने बताए ।

पार्टीको एजेन्डालाई स्थापित गर्न सदन र सडकमा संर्घष गर्ने उल्लेख गर्दै थापाले अन्य दलले जबर्जस्ती आफ्ना विचार लाद्न खोजे आफूहरु जनमत सङ्ग्रहको पक्षमा उभिने चेतावनी दिए ।

पार्टीले सदनमा आवश्यकता अनुसार लचकता र सम्झौताको नीति अवलम्बन गर्ने उनको भनाइ छ ।

संविधानसभा बाहिर रहेका राजनीतिक दललाई समेट्ने गरी नयाँ संविधान निर्माण हुनुपर्नेमा जोड दिँदै नेता थापाले संवैधानिक राजतन्त्र राख्ने भनेर नै जनताले मत जाहेर गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us