राजनीति

अधिकारी दम्पत्तिलाई बल प्रयोग गरेर खाना खुवाउन आदेश

२०७० भदौ १८ गते १३:१६

काठमाण्डु, १८ भदौ– सर्वोच्च अदालतले आफ्ना छोरा हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तिलाई बल प्रयोग गरेर खाना खुवाउन आदेश दिएको छ । सर्वोच्चले उनीहरुको जीवन रक्षाका लागि जबर्जस्ती खाना खुवाउन न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले...

गगन थापालाई काठमाण्डु ४ मा आफ्नैबाट गाह्रो

२०७० भदौ १८ गते १२:३०

काठमाण्डु, १८ भदौ । युवा नेता गगन थापाको नाम आसन्न संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–४ बाट प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस भएकामा काँग्रेसमा विवाद भएको छ । क्षेत्रीय समितिको बैठकबिनै सभापति न्हुच्छेमान डंगोलले आफूखुसी गगनको नाम १ नम्बरमा राखेर पठाएको भन्दै त्यस क्षेत्रका काँग्रेस नेता...

चुनावमा १ सय ८० सिट जितिन्छ : प्रचण्ड

२०७० भदौ १८ गते १०:३७

काठमाण्डु, १८ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संविधानसभा चुनावमा १ सय ८० सिट जित्ने दावी गरेका छन् । ललितपुरको खन्ना गार्मेन्टमा मंगलबार जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले २ सय ४० निर्बाचन क्षेत्रमध्ये १ सय ८० सिट जित्ने...

गोलमेचको पहल गरिदिन राष्ट्रपतिलाई १० दलको आग्रह

२०७० भदौ १८ गते ९:३५

काठमाण्डु, १८ भदौ – नेकपा मालेलगायत १० साना दलले तत्काल गोलमेच सम्मेलन आयोजनाको पहलकदमी लिन राष्ट्रपतिलाई आग्रह गरेका छन् । माले केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संविधानसभामा पुगेका दल र वर्तमान आन्दोलनमा रहेका दलबीच गोलमेच सम्मेलन गर्न पहल गर्न आग्रह गरेको हो । १०...

राप्रपा नेपालद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

२०७० भदौ १८ गते ९:०४

काठमाण्डु, १८ भदौ – राप्रपा नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेको छ । मतपत्रको सूचीमा आफ्नो पार्टीको चुनाव चिन्ह तेस्रो नम्बरमा हुनुपर्नेमा नवौं नम्बरमा राखिएको विरोधमा राप्रपा नेपालले निर्वाचन अयोगविरुद्ध रिट हालेको हो । निर्वाचन आयोगले निकालेको नमूना मतपत्रमा पहिलो नम्बरमा...

काङ्ग्रेस कार्यकर्ताका सात ‘खराबी’

२०७० भदौ १८ गते ८:२६

काठमाण्डु, १८ भदौ - तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो सङ्कटबाट गुज्रँदै छ ।...

प्रचण्ड–बाबुरामले रेग्मीलाई भने: ‘सक्छौ भने हामीलाई जेल हाल’

२०७० भदौ १८ गते ८:२४

काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएकाले जेल हालेर देखाउन चुनौती दिएका छन् । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंगलबार बालुवाटारस्थित सरकारी निवासमा भेटेर उनीहरूले यस्तो चुनौती दिएका हुन् । ‘२०५२ साल फागुन १ देखि...

चुनाव विरोधीलाई परास्त गरौं : प्रचण्ड

२०७० भदौ १८ गते ८:२४

काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्बाचन विरोधी शक्तिलाई परास्त गर्न वाइसिएललाई निर्देशन दिएका छन् । प्रभज्ञाभवन कमलादीमा जारी प्रथम महाधिवेशनको बन्दशत्रमा सहभागी कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिदै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘चुनाव भाँड्न बिभिन्न षडयन्त्र भैरहेका छन् तिनलाई...

बाढीले बगाएर एकजनाको मृत्यु, ५ घर पुरिए

२०७० भदौ १८ गते ८:२२

काठमाण्डु, १८ भदौ । अविरल बर्षापछिको बाढीले बगाउँदा सिराहामा एक मजदुरको मृत्यु भएको छ भने बाग्लुङमा पाँच घर पहिरोले बगाएको छ ।...

दार्चुलामा सरकारी राहत:‘हात्तीको मुखमा जिरा’

२०७० भदौ १८ गते ६:०४

दार्चुला, १८ भदौ – दार्चुलाका बाढीपीडितलाई सरकारले हालसम्म ४ सय १० क्विन्टल चामल मात्र पठाएको छ । गत असार पहिलो साताको बाढीपहिरोले तहसनहस भएको दार्चुलामा सरकारले पठाएको खाद्यान्न अपुग भएको सरोकारवालाको भनाई छ । बाढीपीडितका लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाएको राहत सामग्री अपुग...

चितवनका सबै संस्थागत विद्यालय बन्द

२०७० भदौ १८ गते ४:४३

चितवन, १८ भदौ–संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपाल जिल्ला समिति चितवनले आह्वान गरेको बन्दले जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारको निर्देशन विपरीत अत्यन्त न्यून तलब दिएर शिक्षकहरूको श्रम शोषण गरेको भन्दै समितिले मंगलबार विद्यालय बन्दको घोषणा गरेको हो ।...

उच्चस्तरीय समितिको बैठक बस्दै

२०७० भदौ १८ गते ४:१३

काठमाण्डु, १८ भदौ – चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने उपायबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक मंगलबार बस्दै छ । बैठक बेलुका ६ बजेपछि नयाँबानेश्वरस्थित समितिको कार्यालयमा बस्ने छ । बैठकमा नेकपा–माओवादी नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई सहमतिमा ल्याउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us