चुनाव विरोधीलाई परास्त गरौं : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ १८ गते ८:२४ मा प्रकाशित

Prachandaकाठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्बाचन विरोधी शक्तिलाई परास्त गर्न वाइसिएललाई निर्देशन दिएका छन् । प्रभज्ञाभवन कमलादीमा जारी प्रथम महाधिवेशनको बन्दशत्रमा सहभागी कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिदै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

‘चुनाव भाँड्न बिभिन्न षडयन्त्र भैरहेका छन् तिनलाई परास्त गरेर मंसिर चार मै चुनाव गराउनु पर्छ’ अध्यक्ष प्रचण्डले भने, ‘हरेक क्षेत्रमा युवा नै निर्णायक शक्ति हुन् ।’

उनले एकीकृत माओवादीले बहुमत नल्याए जनसंविधान नबन्ने भएकोले जसरी भए पनि बहुमत ल्याउनुपर्नेमा जोड दिए ।
अधिवेशनमा निवर्तमान अध्यक्ष गणेशमान पुनको राजनीतिक र निवर्तमान उपाध्यक्ष राजु खड्काको विधान प्रतिवेदनमाथि भएको छलफलको निष्कर्ष पेश गर्ने क्रम जारी छ । गत शनिबारदेखि जारी महाधिवेशन नयाँ नेतृत्व र संगठनको नयाँ कार्ययोजना तय गर्दै मंगलबार सकिदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us