राजनीति

चुनाव रोक्न कसैले सक्दैन : शीर्ष नेता

२०७० भदौ २१ गते १०:५०

वीरगन्ज, २१ भदौ – मुख्य दलका शीर्ष नेताहरुले आगामी मंसिर चार गते हुने संविधानसभा निर्बाचन कसैले रोक्न नसक्ने बताएका छन् । पर्साको वीरगन्जमा शुक्रबार भएको छुट्टा छुट्टै कार्यक्रमलाई सम्वोधन गर्दै उनीहरुले नेकपा–माओवादीलाई आन्दोलन छाडेर चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।...

वैद्य माओवादीले माखो पनि मार्न सक्दैन : प्रचण्ड

२०७० भदौ २१ गते १०:४१

वीरगन्ज, २१ भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव विथाल्ने धम्की दिने वैद्य माओवादीको भनाईमा कुनै दम नभएको टिप्पणी गरेका छन् । पर्साको वीरगन्जमा शुक्रबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वैद्य माओवादीमा चुनाव विथाल्ने क्षमता नभएको जिकीर गरे । माओवादी नेता...

हाम्रा मतदाता आठ लाख :जनमुक्ति

२०७० भदौ २१ गते ६:१५

काठमाण्डु २१ भदौ–राष्ट्रिय जनमुक्ति पार्टीले आगामी संबिधानसभा निर्वाचनमा आफनो पार्टीले आठ लाख मत प्राप्त गर्ने आँकलन गरेको छ । ललितपुरमा शुक्रवार सकिएको केन्द्रीय समितिको बिस्तारित बैठकले प्रत्यक्षतर्फ दुई सय भन्दा बढी क्षेत्रमा उम्मेद्वारी दिन सकिने,२५ सीटमा अग्र स्थानमा रहने,अन्य ३५ सीटमा प्रतिस्पर्धात्मक अवस्था रहने,समानुपातिकतर्फ...

जसले रक्सीका लागि ५ महिने छोरा बेचे

२०७० भदौ २१ गते ५:००

राजविराज, २१ भदौ– सप्तरीका एक व्यक्तिले रक्सी खाने पैसा जुटाउन आफ्नो पाँच महिने छोरो छिमेकीलाई बेचेका छन् । शिशु किन्ने र बेच्ने दुवै पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

प्रधानसेनापति राणा बेलायत प्रस्थान

२०७० भदौ २१ गते २:५८

काठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् । काठमाण्डु, २१ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा साताव्यापी भ्रमणका सिलसिलामा आज बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाध्यक्ष सर पिटर वालको निम्तामा राणा त्यसतर्फ लागेका हुन् ।  राणाको भ्रमण द्विपक्षीय...

बिप्लवले भनेः ‘माओवादी फुटेको छैन’

२०७० भदौ २० गते १५:५५

विराटनगर, २० भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई माओवादी फुटेको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । निर्वाचनविरुद्ध विराटनगरमा बिहीबार भएको लाठी जुलुसलाई सम्बोधन गर्दै उनले माओवादी नफुटेको दाबी गरे । उनले माओवादी एक हुने अवस्थामा पुग्न लागेको खुलासासमेत गरे...

सभासद्का लागि सिफारिस भए १५ विद्यार्थी नेता

२०७० भदौ २० गते १४:५८

काठमाण्डु, २० भदौ–एकीकृत माओवादीले १५ जना विद्यार्थी नेतालाई संविधानसभा सदस्यको उम्मेद्वारका लागि सिफारिस गरेको छ । अखिल क्रान्तिकारीले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफनो संगठनबाट उम्मेदवार सिफारिस भएका नेताहरुको सूची सार्वजनिक गरेको हो । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा  काठमाण्डु–६ र बाग्लुङ्ग २ बाट...

एमाओवादी–उपेन्द्रको मोर्चा चुनावी तालमेल कमजोर

२०७० भदौ २० गते १४:१०

काठमाण्डु २० भदौ– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा चुनावी तालमेलका लागि गृहकार्य शुरु गरेका छन । उपेन्द्र यादवले आफ्नै मोर्चालाई सक्रिय बनाएर अगाडि बढाउन लागेको मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारीले बताए । एकातिर महन्थ...

चुनावबाटै परिवर्तन संस्थागत गरिन्छ : प्रचण्ड

२०७० भदौ २० गते ११:२६

वीरगन्ज, २० भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमार्फत् राजनीतिक परिवर्तनलाई संस्थागत गरिने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले विहीबार गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न पनि संविधानसभा निर्वाचन आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनका लागि मुलुकले लामो समय खर्च...

प्रहरी हस्तक्षेपबाट आधा दर्जन शिक्षक घाइते

२०७० भदौ २० गते ९:५४

काठमाण्डु, २० भदौ – सिंहदरवार अगाडी धर्ना दिन खोज्दा अस्थायी शिक्षकहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण अस्थायी शिक्षक संघर्ष समितिका सचिव नारायण गौतमलगायत आधा दर्जन शिक्षक घाइते भएका छन् ।...

संविधान बनेमात्रै सहिदको सम्मान : श्रेष्ठ

२०७० भदौ २० गते ९:३३

काठमाण्डु, २० भदौ– एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म जनयुद्ध र जनआन्दोलनका सहिद परिवारले उचित क्षतिपूर्ति पाउन नसक्ने बताएका छन् ।...

प्रधानसेनापति जबरा बेलायत जाँदै

२०७० भदौ २० गते ८:३६

काठमाण्डु, २० साउन– प्रधानसेनापति गौरव शमसेर जवरा साताव्यापी भ्रमणकालागि शुक्रबार बेलायत जाँदैछन् । सेनाध्यक्ष सर पीटर वालको औपचारिक निमन्त्रणामा जबरा नेतृत्वको ३ सदस्यीय टोली बेलायत जान लागेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us