दाङ, २० वैशाख – घोराहीमा रहेको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको । कुटाकुटका क्रममा एकजनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेतिर झडप भएको थियो । घाइते...
हेटौंडा, २० वैशाख – चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भारतबाट आएको शक्तिशाली चक्रवात फानी को प्रभाव नेपालमा देखिएको छ । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर...
काठमाण्डु, २० बैशाख – सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दाबी गरिरँदा काठमाण्डुमा दिउँसै लुटपाटका घटना बढेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ । बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक...
काठमाण्डु, २० बैशाख – प्रहरीको ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ...
नवलपरासी, २० बैशाख – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन् । घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर...
काठमाण्डु, २० बैशाख – हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ । मौसमविदहरुले बङगालको खाडीमा...
काठमाण्डु, २० बैशाख – बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीले बताए । त्यस्तै प्रतिकूल मौसमका...
नेपालगन्ज, २० बैशाख – बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अहिले काठमाण्डु उपत्यकासहित नेपालको मध्य तथा पश्चिम भागमा हावाहुरीसहित बर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम...
रौतहट, २० बैशाख – गौर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ । सोही नगरपालिका–५ का २१ वर्षीय अनुकेशकुमार शाहलाई १ किलो २ सय ५० ग्राम सुनसहित शुक्रबार बिहान पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले...
काठमाण्डु, २० वैशाख – अचानक मौसम बदली भई हावाहुरी र चट्याङको भय बढेपछि नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटन विभागले सरोकारवालाहरुलाई निर्देशन दिएको छ । विभागको होटल तथा पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले विज्ञप्ती जारी गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाड...
काठमाण्डु, २० वैशाख – उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन् । खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ ।...
लहान, २० वैशाख – सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रवार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...