
काठमाण्डु, २० वैशाख – उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन् ।
खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ ।