फानीको प्रभावः हेटौंडामा चट्याङ लागेर एक जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १४:२८ मा प्रकाशित

हेटौंडा, २० वैशाख – चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भारतबाट आएको शक्तिशाली चक्रवात फानी को प्रभाव नेपालमा देखिएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय बृन्दा मोक्तान घाइते भएकी छिन् । ५२ वर्षीय मोक्तान जंगलमा बाख्रा चराउँदै गर्दा चट्याङ लागेर बेहोस भएको मकवानपुर प्रहरी प्रमुख सिंहले बताए । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us